नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार
मेरोन्यूज
२०७८ फागुन ९ गते १६:४६

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५।४१ अङ्कले उकालो लागेर दुई हजार ७१८।५१ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५।१५ अङ्कले उकालो लागेर ५१८।७९ मा पुगेको छ । नेप्सेमा दोहोरो अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छैन । कूल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ बराबरको कारोबार भयो ।
कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ १६।२८, व्यापार ८।०५, होटल तथा पर्यटन ३४।८४, विकास बैंक २२।८२, जलविद्युत् ७२।३९, वित्त २७।२४, निर्जीवन बीमा ३९।०२, उत्पादन ६६।२८, अन्य २९।२१, लघुवित्त १२।२७, जीवन बीमा १९।१९, सामूहिक लगानी कोष ०।०४ र लगानी १।१ अङ्कले उकालो लागेको छ ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५० अर्ब ४७ करोड ४४ लाख ८२ हजार ३०१ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २६ करोड ५० लाख १३ हजार ५६० बराबरको कारोबार भयो । यस्तै जीवन विकास लघुवित्त रु २६ करोड तीन लाख २३ हजार ८४५, अरुण भ्याली हाइड्रोपावर रु १० करोड १८ लाख २२ हजार ७६२, अपि पावर कम्पनी रु नौ करोड ५० लाख ४७ हजार र नेशनल हाइड्रोपावर रु आठ करोड ५६ लाख ७३ हजार ४४० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । गुराँस लघुवित्त ९।६५, नेपाल हाइड्रो डेभलपर्स ७।१९, बुद्धभूमि नेपाल हाइड्रोपावर ६।७२ र साहस ऊर्जाका लगानीकर्ताले ६।१२ प्रतिशतले कमाए ।
यस्तै नवील बैंकको ऋणपत्र १।९५, कालिका लघुवित्त वित्तीय संस्था १।८६, गरिमा विकास लघुवित्त १।५६, कर्पोरेट डेभलपमेन्ट बैंक १।४९ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १।२८ प्रतिशतले गुमाए ।
–––
सम्बन्धित

















काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
प्रतिक्रिया