महालक्ष्मी विकास बैंकको साधारणसभा फागुन १३ गते हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकको २० औं वार्षिक साधारणसभा यहि फागुन १३ गते हुने भएको छ ।
बंैककोे फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६ औं बैठकले यहि फागुन १३ गते शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा गर्ने निर्णय गरेको बैंकका प्रवक्ता दिपेश लम्सालले जानकारी दिए ।
गत पुस २५ गतेका लागि तोकिएको साधारणसभा गणपूरक संख्या नपुगी स्थगित भएको थियो । पुनः माघ ३ गतेका लागि तय गरिएको साधारणसभा भने उच्च अदालत पाटनको पुस २३ गतेको अल्पकालिन अन्तरिम आदेशको टुंगो नलागेसम्म नगर्नु नगराउनु भनी आएका आदेशका कारण स्थगित गरिएको थियो ।
अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतवाट आदेश भएकाले फागुन १३ गते साधारणसभा गर्न लागिएको बैंकले जनाएको छ ।
वार्षिक साधारणसभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु पेश गरिने प्रवक्ता लम्सालले बताए।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
प्रतिक्रिया