पोखरामा परेको असिना पानीले ११ करोड रुपैयाँ क्षति

काठमाडौँ । पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूल नष्ट भएको हो ।
पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए । उनले राज्यले कृषकलाई दिएको बिमा सुविधासमेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताए ।
उनले असिनाका कारण सो वडामा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलुलगायत बालीमा पूर्ण क्षति पुगेको जानकारी दिए । उनका अनुसार असिना पानी परेको दोस्रो दिनसम्म असिना पग्लिएको छैन ।
पोखरा महानगरका कूल ३३ वडामध्ये दुई हजार १८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल तीन सय २० हेक्टर क्षेत्रफलमा, आलु एक हजार २५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो ।

















जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया