थप ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन १० गते १७:३३

काठमाडौं । नेपालमा मंगलबार थप ४७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा थप ४७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार, पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९२८ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा थप ८३१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५३ हजार ४३० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
नेपालमा हाल १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
सम्बन्धित
















इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया