गणेश बरामको जीवनरक्षाका लागि आर्थिक सहयोगको अपिल

काठमाडौं । ब्लडक्यान्सर भई हाल टिचिङ्ग अस्पतालमा उपचाररत्त गोरखाका गणेश बरामको जीवनरक्षाका लागि उनको परिवारले अपिल गरेका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका बरामको रगतको रातो र सेतो दुवै रक्तकोषमा क्यान्सरको समस्या देखिएको छ । उनको जीवनरक्षाका लागि आवश्यक पर्ने आर्थिक रकम परिवारले जोहो गर्न सक्ने अवस्थामा छैनन ।
गण्डकी प्रदेश, गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा नं. १ मसेल (सपङ्गे टोल) निवासी २५ बर्षका बराम सामान्य खेती किसानी गरेर दुखजिलो गरी गुजारा चलाउँदै आएका थिए । उनको १ छोरी, १ छोरा गरि ४ जनाको परिवार छ ।
बरामको आर्थिक अवस्था निकै कमजोर भएको कारण उनले औषधी उपचारमा समस्या भोगिरहेका छन् । चिकित्सिकहरुले बरामको उपचारको अवधी लामो हुने र अनुमानित खर्च १५ लाख रुपैयाँसम्म लाग्ने बताएका छन् । बरामको जीवन बचाउँन देश विदेशमा रहनु हुने सहयोगी दाताहरुलाई सहयोग गरिदिनुहुन परिवारले अपिल गरेका छन् ।
बिरामीको नाम : गणेश बराम
ठेगाना : भिमसेनथापा गाउँपालिका वडा नं. १ मसेल (सपङ्गे टोल)
जन्म मिति : २०५३/९/५
सम्र्पक नं. : ९८०३८२६३७२
गाँउपालिकाको स्वास्थ्य शाखाले अस्पताललाई गरेको सिफारिसपत्र


अस्पतालको मेडिकल रिपोर्ट














भृकुटीमण्डपमा राप्रपाको जलपान, प्रधानमन्त्री पनि सहभागी
HoR Election; 53 days to go: Social networking
Bus wreckage found in Trishuli; suspected to be the bus missing from Simaltal
कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया