गीति संग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण

काठमाडौं । लेखक डा गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत संग्रहको लोकार्पण गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डले उक्त गीति संग्रहको लोकार्पण गरेका हुन् ।
पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीत संग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रीत गरेर लेखिएका गीतहरु समावेश गरिएको आफूले पाएको बताए । पार्टी र संगठनको जिम्मेवारी इमान्दारिपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाको माध्यामबाट जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको पनि अध्यक्ष प्रचण्डले बताए ।
ठाकुर वर्गीय र वैचारिक रुपले श्रमजीवी वर्गप्रति समर्पित लेखक भएको चर्चा गर्दै प्रचण्डले बहुआयामिक प्रतिभाको धनी भए पनि क्षमताअनुसार उहाँलाई सबैले आत्मसात् नगरेका हुन् भन्ने आफूलाई लागेको बताए । ‘उहाँ पिछडिएको भनिने समुदायबाट आउनुभएको छ, सोही वर्गको प्रतिनिधित्व गर्दै रचना सिर्जना गर्नुहुन्छ, प्रचण्डले भने , ‘सायद यहीँ कारणले पनि मानिसहरुले उहाँको बहुआयामिक क्षमताको जति आत्मसात् गर्नुपथ्र्यो त्यति आत्मसात गर्न नसकेको जस्तो मलाई लाग्छ।’
भोजपुरी भाषामा रहेको पुस्तक ‘जनता के गीत गावत रहेम’को अर्थ म जनताको गीत गाइरहनेछु भन्ने रहेको लेखक डा गोपाल ठाकुरले बताए । पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीतहरु समावेश गरिएको छ। अधिकांश गीतहरु लोक लयमा आधारित रहेको र केही गीतहरु आफूले संगीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको ठाकुरले बताए ।
वैचारिक रुपले प्रगतिवादी धारामा केन्द्रीत रहेर गीतहरु लेखिएको भन्दै ठाकुरले पछिल्लो समयमा भोजपुरी भाषामा देखिएका विकृति र अतिलाई कम गर्न आफूले प्रगतिवादी धारामा आधारित गीत संगीत सिर्जनामा विशेष जोड दिइरहेको बताए ।
‘भोजपुरीलाई केहीले अति व्यावसायिकताको नाममा अश्लीलता फैलाउने काम गरिरहेका छन् भने अर्को अतिवाद रुपमा अध्यात्मको नाममा अर्कै माहोल खडा गरिएको छ, ठाकुरले भने, ‘यी दुवैबाट अतिबाट भोजपुरी कला संस्कृतिलाई बचाउँदै व्यवहारिक र सांसारिक जीवन व्यवहारमा आधारित गीत संगीतहरु सिर्जना गरिनुपर्दछ भनेर मैले अभियान नै सञ्चालन गरिरहेको छु।’ यहीँ अभियानमा आधारित गीतहरु नै आफ्नो गीत संग्रह भोजपुरी जनगीत मालामा राखिएको ठाकुरको भनाई छ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया