जन्मदर घट्यो

११ फागुन (रासस÷सिन्ह्वा) ः दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०।८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०।८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ ।
सन् १९८४ मा जन्मदर १।७४ भएकोमा सन् २०१८ मा ०।९४ प्रतिशत, सन् २०१९ मा ०।२९ प्रतिशत र २०२० मा ०।८४ प्रतिशत भएको थियो । सन् २०२१ भरीमा दक्षिण कोरियामा झण्डै दुई लाख ६० हजार ५०० बालबालिका जन्मिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
ढिलो विवाह गर्ने र थोरै सन्तान जन्माउने प्रवृत्ति बढ्दै गएकोले जन्मदर पनि घट्दै गइरहेको विश्लेषण गरिएको छ । त्यसैगरी बालबालिकाको हेरचाह गरेर बस्ने महिलाहरुको सङ्ख्या पनि कम भएको उनीहरुको भनाई छ । सन् २०२१ मा झण्डै एक लाख ९२ हजार ५०० विवाह भएका छन् । अघिल्लो बर्षको तुलनामा यो सङ्ख्या ९।८ प्रतिशत हो ।
९९९९













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया