बुधबार, माघ ७, २०८२

‘पतञ्जली योग सूत्र’ विमोचन

मेरोन्यूज २०७८ फागुन ११ गते १९:५१

काठमाडौं । द आर्ट अफ लिभिङले प्रकाशित गरेको पुस्तक ‘पतञ्जली योग सूत्र’को विमोचन भएको छ ।

पुस्तकमा महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सूत्रहरूको संकलन गरिएको छ ।

पुस्तकमा योगको अनुशासन, समाधि, ईश्वर, क्रियायोग, दुःखका कारण र यसबाट मुक्तिका उपाय, अष्टाङ्ग–योग आदि विषयमा सरल व्याख्या गरिएको छ ।

उक्त व्याख्यामा आधारित अङ्ग्रेजी पुस्तक आर्ट अफ लिभिङका प्रशिक्षक सूर्य पराजुलीले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

द आर्ट अफ लिभिङ नेपालले प्रकाशन गरेको यस पुस्तकलाई नेपाल भाषा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्यकार शताब्दी–पुरूष सत्यमोहन जोशी, श्री श्री स्कूल अफ योगका निर्देशक दिनेश काशीकर र आर्ट अफ लिभिङका प्रशिक्षक माधव नेपालले बिमोचन गरेका थिए ।

प्रतिक्रिया