‘पतञ्जली योग सूत्र’ विमोचन
मेरोन्यूज
२०७८ फागुन ११ गते १९:५१

काठमाडौं । द आर्ट अफ लिभिङले प्रकाशित गरेको पुस्तक ‘पतञ्जली योग सूत्र’को विमोचन भएको छ ।
पुस्तकमा महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सूत्रहरूको संकलन गरिएको छ ।
पुस्तकमा योगको अनुशासन, समाधि, ईश्वर, क्रियायोग, दुःखका कारण र यसबाट मुक्तिका उपाय, अष्टाङ्ग–योग आदि विषयमा सरल व्याख्या गरिएको छ ।
उक्त व्याख्यामा आधारित अङ्ग्रेजी पुस्तक आर्ट अफ लिभिङका प्रशिक्षक सूर्य पराजुलीले नेपाली भाषामा अनुवाद गरेका हुन् ।
द आर्ट अफ लिभिङ नेपालले प्रकाशन गरेको यस पुस्तकलाई नेपाल भाषा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्यकार शताब्दी–पुरूष सत्यमोहन जोशी, श्री श्री स्कूल अफ योगका निर्देशक दिनेश काशीकर र आर्ट अफ लिभिङका प्रशिक्षक माधव नेपालले बिमोचन गरेका थिए ।

सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
प्रतिक्रिया