हानिबर्द्धक ब्रान्डको प्रचार नगर्ने लारा दत्ताको घोषणा

काठमाडौं,
बलिउड अभिनेत्री लारा दत्ताले स्वास्थ्यलाई हानि पुर्याउने कुनै पनि ब्रान्डको प्रचारप्रसार नगर्ने घोषणा गरेकी छन् । उनले सेनेटरी नेप्किन, मदिरा र सुर्तीजन्य ब्रान्डको प्रचारप्रसार नगर्ने खुलाएकी हुन् ।
उनले यी उत्पादन आफूले प्रयोग गर्न नसक्ने भएकाले पनि यसको प्रचार नगर्ने जनाएकी छन् । लारा कैयौं विज्ञापनमा देखिइसकेकी छन् । जसमा खाना बनाउन प्रयोग गरिने तेल, टुथपेस्ट र गाडीहरू सामेल छन् ।
‘म मदिरा र सुर्तीजन्य कुनै पनि ब्रान्डसँग जोडिएको छैन । मलाई लाग्छ कि यस्तो ब्रान्डको प्रचारप्रसार गरिनुहुँदैन । मैले सेनेटरी नेप्किनको पनि प्रचारप्रसार गर्न अस्वीकार गरिसकेको छु’, उनले भनेकी छन् ।
लाराले पछिल्लोपटक फिल्म ‘बेल बटम’मा आफूलाई भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा प्रस्तुत गरेकी थिइन् । यो फिल्ममा अक्षय कुमार र हुमा कुरैशीले पनि प्रमुख भूमिकामा अभिनय गरेका थिए ।
लाराले सन् २००० मा ‘मिस युनिभर्स’को उपाधि जितेकी थिइन् । सन् २००३ मा फिल्म ‘अन्दाज’बाट बलिउडमा ‘डेब्यु’ गरेकी लाराले ‘मस्ती’, ‘नो एन्ट्री’, ‘भागम भाग’, ‘झूम बराबर झूम’, ‘पार्टनर’, ‘चलो दिल्ली’ र ‘डन २’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया