वीरको नयाँ सर्जिकल भवनमा ननकोभिड बिरामीका लागि आइसीयू सेवा थप

काठमाडौं । वीर अस्पतालले नयाँ सर्जिकल भवनमा ननकोभिड बिरामीका लागि आइसीयू तथा एचडियू सेवा थप गरेको छ।
अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतले बिरामीको चाप बढी भएकाले सेवालाई विस्तार गर्न आइसीयू र एचडियू सहितको २९ वटा बेड थप गरिएको बस्नेतले जानकारी दिए। उनले आइसीयू आवश्यकता पर्ने गम्भीर प्रकृतिका बिरामीका लागि अस्पतालहरुमा अझैपनि अभावकै अवस्था रहेको बताए ।
वीरमा थप गरिएको एचडीयू सहितको २९ बेड आइसीयू र यसअघि भएको ३५ वेडको आइसीयू सहित ननकोभिड बिरामीका लागि मात्र ६४ बेड पुगेको छ। उनले भने, ‘सर्जिकल भवनमा ५० बेड कै आइसीयू सञ्चालन गर्न सक्ने क्षमता र प्रविधि छ, तर नर्सिङ जनशक्तिको अभाव छ,सरकारले लोकसेवा मार्फत नर्सिङ जनशक्ति बढाउने हो भने त हामीले चलाउन सक्छौं।’
अस्पतालको ३५ वटा आइसीयू बेड पुरानो भवनमा सञ्चालनमा छन् । आइसीयू बेड सञ्चालनका लागि नर्सिङ जनशक्तिको भने अभाव रहेको उनले जानकारी दिए।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया