ओमानले नेपाललाई दियो ८८ रनको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि भएको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको योगफल तयार पार्यो ।
ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक २१ रन बनाएर । आयन खान १६ रन र नासिम खुसी १५ रन जोडेर पभेलियन फकिँदा
नेपालका कप्तान सन्दीप लामिछानेले चार ओभरमा १३ रन खचिँदै सर्वाधिक तीन विकेट लिए । कमल ऐरी, आरिफ शेख, अविनास बोहरा, सागर ढकालले समान एक विकेट लिए ।
छनोटअन्तर्गत सेमिफाइनलमा पराजित भएपछि दुबै टोलीको अस्ट्रेलियामा हुने टी(२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको थियो । त्यसअघि नेपाल समूह ‘बी’ को विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइलनमा स्थान बनाएका थिए ।
सेमिफाइनलमा जित निकालेसँगै यूएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् । यी दुईले आजै उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।












विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया