एक किलो सुनसहित अध्यागमन कर्मचारी पक्राउ
मेरोन्यूज
२०७८ फागुन १३ गते २०:२४

काठमाडौं । सुन ओसार पसारमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी पक्राउ परेका छन् ।
विदेशबाट फर्किएका आफन्त कमल घिमिरेको सामान बोकेकाबेला ती अध्यागमनका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । उनी अध्यागमन कार्यालयका स्टोर किपर हुन् ।
प्रहरीका अनुसार विदेशबाट फर्किएका आफन्त घिमिरेको झोला अध्यागमन कार्यालयका स्टोर किपरले बोेकेका थिए ।
सोही झोलाबाट १ किलो १ सय ६५ ग्राम सुन फेला परेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । सुन ओसार पसारमा अध्यागमनका ती कर्मचारीको समेत हात रहेको भन्दै सोधपुछका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
सम्बन्धित














लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया