अखिल (क्रान्तिकारी)को माग- युक्रेनबाट नागरिकको उद्धार गरियोस्
मेरोन्यूज
२०७८ फागुन १४ गते ८:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युद्ध ग्रस्त युक्रेनबाट नेपाली नागरिकलाई उद्धार गर्न माग राखेकी छन् । अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै युक्रेनमा नेपाली नागरिकमाथि सुरक्षा चुनौति बढेको भन्दै उद्धार गर्न माग राखेकी हुन् ।
उनले संकटमा परेका नागरिकलाई राज्यले सुरक्षित रहनुस् भन्दै सूचना निकाल्नु पर्याप्त नहुने बताएकी छन् । विज्ञप्तिमा लेखिएको छ, ‘कूटनीतिक पहल र आर्थिक लगायत प्रबन्ध गरी अप्ठेरोमा परेका नेपाली विद्यार्थी र नागरिकको अबिलम्ब उद्धार गर्न जोडदार माग गर्दछौँ ।’
विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक विपत्तिलगायत चुनौती आइपर्दा जीउधनको रक्षा गर्नु राज्यको कर्तव्य भएको विज्ञप्तिमा लेखिएको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया