बुधबार, पुष ३०, २०८२

गौ संरक्षण केन्द्रमा रमाएका गिद्ध (फोटोफिचर)

मेरोन्यूज २०७८ फागुन १४ गते १२:०९

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका ९ घारीमा नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि गौँ संरक्षण केन्द्र स्थापना गरेको छ । गौ संरक्षण केन्द्रमा नगरका छाडा गाई गोरु संरक्षण गरिन्छ ।

यस संरक्षण केन्द्रमा विभिन्न रोगबाट ग्रसित गाई गोरुको मृत्यु भएपछि त्यसलाई गिद्धले आहारा बनाउने गरेको छ । हिउँदको समयमा चिसोको कारण बढी गाई गोरु मर्ने गर्छन् । तिनै मरेका गाई गोरुलाई आहारा बनाउन पाउने भएपछि घारी आसपास गिद्ध बढेका छन् ।

यहाँ गौ संरक्षणसँगै गिद्धको पनि संरक्षण भएको छ ।

प्रतिक्रिया