बिहीबार, चैत १२, २०८२

थोत्रा गाडीले सरकारी कार्यालयको परिसर ढाकियो (फोटोफिचर)

मेरोन्यूज २०७८ फागुन १४ गते १५:४२

काठमाडौं । विभिन्न कामका लागि ल्याइएका महँगा गाडी विग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरी नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन् । सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडिका ग्यारेजजस्तै बनेका छन् ।

केही बर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन् । पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन् ।

कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

थप तस्विरहरूः

पुल्चोकस्थित एक सरकारी कार्यालय पछाडि राखिएको पुराना गाडी ।
पुल्चोकस्थित कृषि विभाग परिसर ।
पुल्चोकस्थित एक सरकारी कार्यालय पछाडि राखिएको पुराना गाडी ।
बानेश्वरस्थित यातायात ब्यवस्था विभागमा राखिएका गाडीहरू
बानेश्वर यातयात व्यवस्था विभाग परिसरमा राखिएका ट्रली बस ।
बानेश्वरस्थित हेभि इकयुपमेन्ट डिभिजनमा रहेका प्रयोगमा आएका र नआएका गाडीहरु
सरकारी कार्यालय परिसरमा थन्किएका गाडी
सरकारी कार्यालय परिसरमा थन्किएका गाडी
सरकारी कार्यालय परिसरमा थन्किएका गाडी
सिंहदरवारस्थित रक्षा मन्त्रालय परिसरमा थुपारिएको गाडी
सिंहदरवारस्थित संस्कृति मन्त्रालय परिसरमा राखिएको गाडी
सिंहदरवारस्थित संस्कृति मन्त्रालय परिसरमा राखिएको गाडीहरू

प्रतिक्रिया