मंगलबार, पुष २९, २०८२

सहमतिको बाटो खोज्दैछौं, गठबन्धन टुट्दैनः प्रचण्ड

मेरोन्यूज २०७८ फागुन १४ गते १८:०८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन् ।
सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताए ।

शनिबार सिंहदरवारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुसँग भएको छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीबारे सहमतीकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया समेत दिए ।

अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धन टुटाउन बिभिन्न प्रयास भइरहेको आरोप लगाए ।

प्रतिक्रिया