बुधबार, पुष ३०, २०८२

सिन्धुपाल्चोकमा बस दुर्घटनाः १२ जना घाइते, तीनको अवस्था गम्भीर

मेरोन्यूज २०७८ फागुन १४ गते १९:५२
Print

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुवाहाक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो ।

दुर्घटना १२ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया