क्यूआर कोडमार्फत मन्दिरलाई भेटी भुक्तानी

काठमाडौँ । बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्न क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ । प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलब्ध गराएको हो ।
क्यूआर कोड हस्तान्तरण गर्दै नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआर कोड सहयोगी बन्ने बताए । ‘देश डिजिटल युगमा प्रवेश गर्ने भनेको छ, अब हामी मन्दिरमा भेटी पनि डिजिटल माध्यामबाट चडाउन सक्छौँ,’ उनले भने, ‘नोटको सुरक्षामा यो प्रविधि निकै उपयुक्त हुनेछ ।’
मन्दिर र चाडपर्वका बेला नोटको प्रयोग हुँदा भिज्ने, च्यातिने, रङहरू लाग्नेलगायत समस्या हुने गरेको भन्दै उनले नोट छपाइमा लाग्ने राज्यको खर्च जोगाउन प्रविधि सहयोगी बन्ने बताए । मन्दिर परिसरमा क्यूआर कोड राखिने छ । सबै भक्तजनको पहुँचमा हुने क्यूआर कोड स्क्यान गरेर कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको खातामा भक्तजन तथा दाताले सिधै रकम जम्मा गर्न सक्ने छन् । सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकले आज मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर कोड हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले पर्यटकीय कालिका मन्दिरलाई प्रविधि मैत्री बनाउन लागेको खुसी व्यक्त गरे । नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले धार्मिक पर्यटनको विकासमा लाग्न सबैलाई आग्रह गरे । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य कुसुम बुढाले बैंक तथा वित्तीय संस्थाले तल्लो वर्गका नागरिकको पहुँचमा पुगेर काम गर्नु पर्ने बताए ।
क्यूआर कोडको सुरुआत गर्दै प्रभु बैंक बागलुङ शाखाले कालिका मन्दिरको लागि पाँच हजार ५५५ र नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले एक हजार १११ सहयोग गरेका थिए ।











गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया