संसद बैठक बस्ने भएसँगै चार हजार प्रहरी परिचालन, यी जिल्लाबाट ल्याइए प्रहरी

काठमाडौँ । काठमाडौँ उपत्यकामा हुने सम्भावित आन्दोलन तथा प्रदर्शनलाई ध्यान दिँदै आज करिब चार हजार प्रहरी परिचालन हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)माथि छलफल हुने भएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
यसअघि प्रतिनिधिसभा बैठक बस्ने दिनहरूमा काठमाडौँमा चर्को आन्दोलन हुँदै आएको छ । संसदबाट एमसीसी अनुमोदन हुने भएसँगै भएको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
आज नयाँबानेश्वर क्षेत्रमा एसपी दिनेश मैनालीको नेतृत्वमा दुई हजार ३५३ जना नेपाल प्रहरी खटिएका छन् । यस्तै, सशस्त्र प्रहरीका एसपी नरेन्द्र सेनको नेतृत्वमा एक हजार ५६४ जना सशस्त्र प्रहरी खटिएका छन् ।
यस्तै, काठमाडौँबाहेक धादिङ, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट प्रहरी काठमाडौँ ल्याइएको छ ।













इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया