मंगलबार, चैत १०, २०८२

बलात्कारको आरोपमा नायक पल शाह पक्राउ

मेरोन्यूज २०७८ फागुन १५ गते १२:२५

काठमाडौँ । अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिका गायिकामाथि बलात्कारको आरोप लागेका उनलाई आइतबार पक्राउ परेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको हो ।

पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

प्रतिक्रिया