संसद भवन अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप
प्रहरीद्वारा दर्जनौं सेल अश्रुग्यास प्रहार
मेरोन्यूज
२०७८ फागुन १५ गते १५:१९

काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताबारे छलफल सुरु हुँदै गर्दा संसद भवन अगाडि आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
एमसीसीविरुद्धमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले ठूलो संख्यामा तैनाथ प्रहरीमाथि ढुंगा र इँटा बर्साएपछि प्रहरीले आन्दोलनकारीमाथि हस्तक्षेप गरेको हो ।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहोरा फाल्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले बल प्रयोग गरी आन्दालनकारीलाई तितरबितर पारेको छ ।

आन्दोलनकारीहरुले विजुली बजार, बुद्धनगर आसपासका सडकभित्रको गल्लीगल्लीबाट प्रहरीमाथि ढुंगा बर्साइरहेका छन् ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सहित ६ दल तथा राप्रपा र अन्य एमसीसीविरोधी समूहहरुले प्रदर्शन गरिरहँदा प्रहरीले हस्तक्षेप गरेको हो ।

सम्बन्धित
















सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
प्रतिक्रिया