मंगलबार, चैत १०, २०८२

एमसीसी सम्झौताका राष्ट्रहितविपरीत रहेकाले खारेज गर्नुपर्छ : दुर्गा पौडेल 

मेरोन्यूज २०७८ फागुन १५ गते १६:३०

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहितविपरीत रहेकाले खारेज गर्नुपर्ने बताइन् ।
एमसीसी सम्झौता पारित गरेर आत्मघाती कार्य गर्न नहुने भन्दै उनले सम्झौता अनुमोदन गरेमा यसमा भएका सर्त परियोजनाको समय सकिए पनि लागू भइरहने दाबी गरिन् ।

प्रतिक्रिया