अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बलात्कार आरोपित अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
१७ वर्षीय नाबालिग बलात्कारको उजुरी परेपछि फरार रहेका पलले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँमा नै किटानी जाहेरी परेकाले उनले तनहुँ प्रहरी पुगेर आत्मसमर्पण गरेका हुन् ।
शाह प्रहरी कार्यालय पुग्नु अघि नै सामाजिक सञ्जालमा फेसबुक स्टाटस राख्दै आज आफै प्रहरी कार्यालय पुग्ने बताएका थिए ।
प्रहरी नियन्त्रणमा पुगेपछि प्रहरीले पललाई जिल्ला अदालत तनहुँ लगेर अनुन्धानका लागि समय लिएको हो ।
अदालतबाट अनुसन्धानका लागि समय लिएपछि अनुसन्धान अघि बढाएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिए ।
अभिनेता पल शाहले विगत डेढ वर्षयता नाबालिग गायिकालाई पटक÷पटक बलात्कार गरेको भन्दै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।
आइतबार नै पलविरूद्ध नवलपुर प्रहरीमा पनि बलात्कारको उजुरी परेको छ ।
















सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया