युक्रेन संकटको कारक अमेरिका : उत्तर कोरिया

काठमाडौँ । उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो ।
अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ । अमेरिका निकट हुदै गएकोप्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयको वेभसाइटमा अमेरिकाले युक्रेनलाई उक्साए पनि सहयोग नगरेर दोहोरो भूमिका खेलेको लेखिएको छ । शान्ति र स्थायित्वको नाममा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा खेल्ने गरेको आरोप पनि उत्तर कोरियाले लगाएको छ ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभुत्व कायम राख्नका लागि अमेरिकाले अन्य देशहरुको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको उत्तर कोरियाको भनाई छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया