फिफाले रुसको झण्डामाथि प्रतिबन्ध लगायो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसको झण्डामाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि रुसले हमला गरेपछि फिफाले रुसको राष्ट्रिय झण्डामाथि प्रतिबन्ध लगाएको हो ।
फिफाले रुसको राष्ट्रिय झण्डामा प्रतिबन्ध लगाउँदै फुटबल युनियन अफ रुस (आरएफयू)को झण्डामा खेल्नुपर्ने निर्णय गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारबाही अघि बढाएपछि फिफाले फुटवलमा रुसको राष्ट्रिय झण्डा प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।
आइतबार फिफाले रुसका आगामी खेलहरू रसियन झण्डामा नभई आरएफयूको तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो ।
यस्तै, युरोपियन फुटबलले च्याम्पियन्स लिगको फाइनल खेल पनि सेन्ट पिटर्सबर्गमा नगर्ने निर्णय गरेको छ ।
फिफाले रुसमाथि यस्तो निर्णय गरेसँगै केही देशले रुसमा फुटवल खेल्न पनि अस्वीकार गरेका छन् । पोल्याण्ड, स्विडेन र चेक गणतन्त्रले संयुक्त रूपमा रुसमा खेल्न अस्वीकार गरेका हुन् ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया