शुक्रबार, वैशाख २५, २०८३

छिमेकी राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध

मेरोन्यूज २०७८ फागुन १६ गते १९:१७

काठमाडौं । सरकारले छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन प्रतिवद्ध रहेको जनाएको छ ।

मन्त्रिपरिषद्को सोमवारको बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन प्रतिवद्धता जनाएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरिएपछि सरकारले यस्तो असंलग्न परराष्ट्र नीतिमा आफ्नो प्रतिवद्धता कायम रहेको जनाएको हो ।

सरकारले प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन गराउन सहज वातावरण निर्माण गरेको भन्दै गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधिसभाका सभामुख र प्रतिनिधिसभा सदस्यहरु धन्यवाद समेत दिएको छ ।

एमसीसी पारित गर्न सहयोग र सदभाव देखाएको भन्दै आम नेपाली तथा नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति सरकारले आभार ब्यक्त गरेको छ ।

Advertisement
NiccNicc

प्रतिक्रिया