एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार संघको ८२ औं बैठक आगामी बुधवार (मार्च २ तारिख) भरर्चुअल माध्यमबाट बस्न लागेको हो ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने सो बैठकको लागि महत्वपूर्ण एजेण्डाहरु प्रस्ताव गरिएको छ ।
बैठकमा गैरआवासीय नेपाली संघको सदस्यता शुल्क नतिर्ने युके, अमेरिका, क्यानाडा र अष्ट्रेलिया राष्ट्रिय समितिहरु, महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समिति, संरक्षक परिषद् र निर्वाचन अनुगमन समिति, संघ र परराष्ट्र मन्त्रालयबीच रहेको अदालतको मुद्दा, रुस – युक्रेनबीचको युद्ध पिडित नेपालीहरुको उद्धार र संघको १० औं महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने भएको छ । गैरआवासीय नेपाली संघको नयां नेतृत्वको लागि मार्च २१ र २२ तारिख निर्वाचन हुँदैछ ।

















हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया