टिप्पणी
एमसीसीविरुद्धको आन्दोलनः किन देखिएनन् विप्लव सडकमा ?
कमाण्डर सडकमै देखिएनन, कार्यकर्ताले टाउको फुटाए

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेवल गर्ने तयारी गरिएपछि माघको अन्तिम सातादेखि काठमाडौंमा आन्दोलन चर्कियो ।
एमसीसी टेबल गर्ने सुइँको पाएपछि एमसीसी टेबल गर्न नदिने भन्दै दबाब स्वरुप विभिन्न ६ कम्युनिस्ट पार्टीले आन्दोलन घोषणा गरे । एमसीसी टेबल हुनबाट रोक्नकै लागि फागुन ४ गते नेपाल बन्दको आह्वान गरियो ।
सोही दिन काठमाडौंको संसद भवन नजिक बानेश्वर क्षेत्रमा दिनभर तनावपूर्ण बन्यो । एमसीसी विरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहन विक्रम सिंह नेतृत्वको मसाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकीको माओवादी केन्द्र (समाजवादी)बीच मोर्चाबन्दी भयो ।
तीनै ६ कम्युनिस्ट पार्टीले देशब्यापी आन्दोलन घोषणा गरे पनि संसद भवन आसपासको बानेश्वर क्षेत्र आन्दोलनको मुख्य केन्द्र बन्यो ।
६ कम्युनिस्ट पार्टीले आन्दोलन घोषणा गरे पनि अन्य राष्ट्रवादी शक्तिहरु पनि एमसीसीविरुद्ध सडकमा उत्रिए । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपादेखि नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टी पनि एमसीसी रोक्न निरन्तर नयाँ बानेश्वर आन्दोलनमा आए । सत्तारुढ माओवादी केन्द्र र माधव नेपालका युवा विद्यार्थी पनि एमसीसीविरुद्ध आन्दोलनमा उत्रियो ।
हरेक दिन आन्दोलनकारीहरुले प्रहरीसँग मुठभेड गर्दै निषेधित क्षेत्र तोड्ने काम गरे । प्रहरीले अश्रुग्यास र रबरको गोलीसमेत हान्ने काम गरे । प्रहरीको गोली लागेर घाइते भएकाहरु अहिले पनि अस्पतालका शैयामा छटपटाइरहेका छन् ।
तर सत्ता गठबन्धनकै दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी सत्ता गठबन्धन भन्दा ठूलो एमसीसी नभएको भन्दै गठबन्धन जोगाउँनका लागि ब्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन गर्नतर्फ लागे ।
एमसीसीविरुद्ध दिनहुँ आन्दोलन चर्किदै जाँदा आन्दोलनरत दलका कार्यकर्ता मात्रै सडकमा उत्रिएनन्, एमसीसी विरुद्ध स्वस्फूर्त युवाहरु सडकमा उत्रिएका थिए ।
तर हरेक दिन रणमैदान बन्दै गएको युवा जोसलाई नेतृत्व गर्ने कमाण्डरहरु भने सडकमा कुनै दिन देखा परेनन् । नेतृत्वविहिन आन्दोलनमा सधैं प्रहरीले खेदिरह्यो । एमसीसीविरुद्धमा सडकमा आएका युवाहरुको अगुवाई गर्न खासगरी मोर्चाबन्दी गरेका दलका अगुवा नेताहरु सडकमा आउनुपर्ने माग युवाहरुको थियो । आन्दोलनमा न त विप्लव देखा परे न वैद्य न आहुती देखा परे ।
जसरी संसदमा विरोध गरेका दलहरुले नै एमसीसी ध्वनीमतका साथ अनुमोदन गरे, त्यसरी नै काठमाडौंको सडकमा पनि एमसीसी विरुद्धमा रिहल्सन मात्रै भएर पटाक्षेप हुन पुगेको छ ।
















रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौं : सभापति लामिछाने
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
प्रतिक्रिया