आइतबार, वैशाख २७, २०८३

एमसीसीबारे पार्टीको धारणा राख्न एमालेले पत्रकार सम्मेलन गर्दै

मेरोन्यूज २०७८ फागुन १७ गते ९:०१

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे पार्टीको धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिमालका अनुसार पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

Advertisement
NiccNicc

यस्तै, पत्रकार सम्मेलनमा मुलुकको विकसित परिस्थितिका बारेमा समेत ओलीले आफ्नो धारणा राख्ने भएको छ । दिउँसो १ बजे हुने कार्यक्रम तिनकुनेस्थित रोयल ब्यांकेटमा हुने भएको छ ।

गत आइतबार राति सरकारले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गरेको थियो । उक्त बैठकमा एमालेले विगतमा राख्दै आएको आफ्नो माग सम्बोधन गर्न विरोध गरेको थियो ।

एमसीसीबारे पार्टी अध्यक्ष ओलीले प्रतिनिधिसभाबाट अनुमोदन हुनु पर्ने माग राख्दै आएका थिए । उनले गठबन्धन सरकारलाई एमसीसी अनुमोदन गर्न चुनौतिसमेत दिएका थिए ।

प्रतिक्रिया