सभामुख सापकोटाले राजीनामा नदिए महाअभियोग प्रस्ताव ल्याउँछौं :ओली

काठमाडौं । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा एमाले अध्यक्ष केपी ओलीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुखले राजीनामा नदिए महाअभियोग ल्याउने उनले चेतावनी दिएका हुन् । तर उनले आफ्नो पार्टी देशमा राजनीतिक अस्थिरता ल्याउने पक्षमा नरहेको भन्दै सभामुखलाई राजीनामा दिन आग्रह गरे ।
‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उनले भने। पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुख सापकोटाले गैरकानुनी काम गरेको ओलीको आरोप छ।
‘राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसद्लाई हामीले कारबाही गरेका थियौँ। तर, त्यसलाई मान्यता नदिएर नयाँ पार्टी खोलाउन सभामुखले भूमिका खेल्ने काम भयो। हामीमाथिको अन्यायलाई सम्बोधन गरियोस् भनेर हामीले माग राख्दै आयौँ। तर, यसलाई सम्बोधन गर्न सरकार तयार भएन,’ ओलीले भने ।
एमालेले दुई साताअघि नै आफ्ना पार्टीका सांसदहरूलाई दुईवटा खाली कागजमा हस्ताक्षर गरेर राखेको छ । एमसीसी पारित गर्नुअघि नै सभामुख सापकोटाविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने आकलन गरिएको थियो । तर, सभामुख सापकोटाले एमसीसी प्रस्ताव टेबुल गर्न दिएपछि त्यो चर्चा त्यतिकै हराएको थियो ।















रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया