आइएमईले ल्यायो ‘होस्टेमा हैंसे’ अफर

काठमाडौँ । आइएमई इन्टरनेशनल मनि एक्सप्रेसले बैंक डिपोजिटलाई लक्षित गरि ‘होस्टेमा हैंसे’ अफर सार्वजनिक गरेको छ ।
‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको उक्त अफर काठमाडौँ पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो ।
यो अफर फागुन १७ देखि चैत्र १७ एक महिनासम्म कायम रहने आइएमईले जनाएको छ ।
अफर अन्तर्गत नेपालभर जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ ।
अफर अवधिमा हरेक दिन पाँच (५) जनालाई रू. १ हजार, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीलाई २५ हजार तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई १ लाख ५० हजार रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
यस्ता अफरहरूले आमसेवाग्राहीहरू र कम्पनीवीचको सम्बन्धलाई प्रगाढ बनाउने आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले विश्वास ब्यक्त गरे ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने जनाइएको छ ।
विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहकहरू यस अफरमा सहभागी हुन सक्नेछन् ।
आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ ।
स्थापनादेखि नै रेमिटेन्स सेवामा प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३१ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रवाह गरको छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
प्रतिक्रिया