बुधबार, माघ ७, २०८२

कैलाली काग्रेस सभापतिको मतदान सर्‍यो

मेरोन्यूज २०७८ फागुन १८ गते ८:३३


धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिका लागि दोस्रो चरणमा हुन लागेको मतदान तालिका फेरि हेरफेर भएको छ । आज बुधबारका लागि तोकिएको पुनःमतदान सरेर अव भोलि विहिबार विहान सवा ८ बजेदेखि शुरु हुनेछ

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सभापति पदका प्रतिस्पर्धीहरुको सहमतिकै आधारमा निर्वाचन भोलिका लागि सारिएको हो ।

कांग्रेस जिल्ला सभापतिका लागि तीन जना प्रत्याशी थिए । गत आइतबार भएको मतदानको मत परिणाम अनुसार सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि धेरै मत ल्याउने दुई जनाका वीचमा पूनः मतदान दोस्रो चरणमा हुन लागेको हो ।

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रकाश बम (११६९) र अर्का उम्मेदवार नारायणदत्त भट्ट (१०७२) बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

अर्का उम्मेदवार रामबहादुर कलेल (१९७) भने पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरिएका छन् । कलेलले शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका थिए । बम र भट्ट भने संस्थापन पक्षका उम्मेदवार हुन् ।

प्रतिक्रिया