कैलाली काग्रेस सभापतिको मतदान सर्यो

धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिका लागि दोस्रो चरणमा हुन लागेको मतदान तालिका फेरि हेरफेर भएको छ । आज बुधबारका लागि तोकिएको पुनःमतदान सरेर अव भोलि विहिबार विहान सवा ८ बजेदेखि शुरु हुनेछ
निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सभापति पदका प्रतिस्पर्धीहरुको सहमतिकै आधारमा निर्वाचन भोलिका लागि सारिएको हो ।
कांग्रेस जिल्ला सभापतिका लागि तीन जना प्रत्याशी थिए । गत आइतबार भएको मतदानको मत परिणाम अनुसार सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि धेरै मत ल्याउने दुई जनाका वीचमा पूनः मतदान दोस्रो चरणमा हुन लागेको हो ।
पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रकाश बम (११६९) र अर्का उम्मेदवार नारायणदत्त भट्ट (१०७२) बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।
अर्का उम्मेदवार रामबहादुर कलेल (१९७) भने पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरिएका छन् । कलेलले शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका थिए । बम र भट्ट भने संस्थापन पक्षका उम्मेदवार हुन् ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया