नारायणकाजीलाई फकाउँदै विप्लव
श्रेष्ठ निवास हात्तिवनमा विप्लव र नारायणकाजी श्रेष्ठवीच छलफल, पार्टी एकताको प्रस्ताव

काठमाडौं । एमसीसी प्रकरणले नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका वीचमा अन्तरविरोध चुलिरहँदा कुनै समय माओवादीभित्रै रहेका र अहिले नेपाल कम्युनिष्ट पार्टी गठन गरेको नेत्रविक्रम चन्द (विप्लव) नारायणकाजी श्रेष्ठलाई फकाउन लागि परेका छन् ।
गत २०७७ फागुन २१ मा तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएका विप्लव आफनो शक्ति क्षयीकरण हुँदै जान थालेपछि अन्य माओवादी धारका असन्तुष्ट नेताहरुसँगको सम्र्पकमा पुगन थालेका छन् । त्यही क्रममा उनले माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।
भेटका लागि विप्लव श्रेष्ठको हात्तिवनस्थित निवासमै पुगेका छन् ।
हिजो मात्रै अध्यक्ष प्रचण्डले पनि श्रेृष्ठलाई दायाँवायाँ नसोच्न, एमसीसीका बारेमा आफनो मत पार्टीभित्रै राख्न र अन्य विषयमा एकताबद्ध भएर जान आग्रह सहित भेटवार्ता गरेका थिए । माओवादी केन्द्रको फागुन २० बाट केन्द्रीय समिति बैठक बस्दैछ ।
प्रचण्डसाग रिसाएका श्रेष्ठलाई पार्टी एकताको प्रस्ताव बोकेर विप्लव श्रेष्ठ निवास पुगेका हुन् ।
दुई नेतावीचको छलफल अहिले पनि जारी छ ।
विप्लवले एक अन्र्तवार्तामा भीम रावल, झलनाथ खनाल देखि नारायणकाजी श्रेष्ठसम्मका एमसीसी विरोधीहरुको सकभर एकै पार्टी, नभए पनि मोर्चा बनाउनु पर्ने बताएका थिए । श्रेष्ठसँग भने उनले पार्टी एकताको प्रस्ताव नै बोकेर पुगेको विप्लव निकटका एक नेताले मेरोन्यूजलाई बताए ।
श्रेष्ठ आफनो समुहका नेताहरुसँग एमसीसी पारित भएपछि अव के गर्ने भन्ने छलफलमा छन् । प्रचण्डले पार्टी छोडेर जान मन भए जाँदा हुने सम्मको सार्वजनिक अभिब्यक्ति दिएपछि श्रेष्ठ विच्चकिएका छन् । यधपी अझै पनि प्रचण्डसाग छलफल बाकी रहेको श्रेष्ठले आफना निकट नेताहरुलाई बताएका छन् ।
यही अन्तरविरोध वुझेर विप्लव श्रेष्ठ फकाउन यतिवेला श्रेष्ठ निवासमा छन् ।















केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
कति छ आज विदेशी मुद्राको भाउ ?
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया