बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक,मन्त्री र राजदुत नियुक्ती मुख्य एजेण्डा

सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ ।
बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बैठकमा उपस्थित रहेका छन् ।
आजको बैठकमा दुई मन्त्री थप र राज नियुक्तिका विषयमा छलफल हुने बताइएको छ । गत पुस २ गते रक्षमन्त्री मिनेन्द्र रिजालले राजिनामा दिएपछि । उक्त मन्त्रालयसहित उधोग प्रधानमन्त्री देउवाले आफैसँग राखेका छन् ।गत असोजमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त गरेका राजदुत फिर्ता बोलाएका थिए । त्यस यता ति फिर्ता बोलाएका स्थानमा कसलाई राजदुत बनाएर पठाउँने विषयमा छलफल भए पनि अहिलेसम्म नियुक्ति गरेका छैनन् ।
संसदबाट एमसीसी अनुमाेदनकाे चार दिनमा एमसीसी बाेर्डबाट स्वीकृत भएकाे दाेस्राे दिन गठबन्धनकाे बैठक बस्न लागेकाे हाे ।
बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया