युक्रेन हमलाको स्याटलाइट तस्विर : अत्यावश्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

युक्रेन हमलाको नयाँ स्याटलाइट तस्विरहरु सार्वजनिक भइरहेका छन् । तस्विरहरुमा अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर लागेको मानिसहरुको लामो लाइन, जलिरहेका भवन र सेनाका बख्तरबन्दका लामा ताँती देख्न सकिन्छ । त्यस्तै, चेर्निहिभ र किभका सुपरमार्केट बाहिर खानेकुरा किन्न पर्खिरहेका मानिसहरुको लामो लाइनहरू देखिन्छ ।
त्यसैगरी, विभिन्न सीमा बिन्दुमा युक्रेन छोड्न खोज्ने र छिमेकी देशहरु हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका मानिसरुको समूह पनि स्याटलाइट तस्विरमा देख्न सकिन्छ ।

रुसी फौजले युक्रेनी सहर खेरसनलाई नियन्त्रणमा लिएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् । ३ लाख जनसंख्या भएको सो सहरलाई रुसी सेनाले घेरेको र त्यहाँ युक्रेनी सेनाको उपस्थिति शून्य देखिएको अधिकारीहरुले बताएका छन् । खेरसन कब्जा गर्ने क्रममा ठूलो संख्यामा सर्वसाधारणको हताहत हुन सक्ने अनुमान गरिएको छ ।
यसैबीच रुसी सेनाले युक्रेनमाथिको हमलालाई थप तीव्र पारेको छ । रुसी सेनाले दोस्रो ठूलो सहर खारकिभमा शक्तिशाली बिस्फोट गराएका छन् ।

















२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया