मंगलबार, माघ ६, २०८२

व्याख्यात्मक घोषणाको नाममा भ्रम छरियो : महासचिव पोखरेल

मेरोन्यूज २०७८ फागुन १९ गते १५:५५

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयोग परियोजना एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरे ।

महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए ।

प्रतिक्रिया