स्थानीय तहको निर्वाचन गर्न आयोगलाई ८ अर्ब ११ करोड रुपैयाँ दिने
मेरोन्यूज
२०७८ फागुन १९ गते १६:१२

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ माग गरे पनि मन्त्रालयले ८ अर्ब ११ करोड मात्रै दिने भएको हो ।
आयोगले माग गरेकोबाहेक सूचना प्रविधि, मतपत्र ढुवानी र विद्युतीय मतदान मेसिनलगायतका शीर्षकमा बजेट कटौती गरेको हो । मत्रपत्र ढुवानी जहाजबाट गर्ने भनिए पनि सेनासँग समन्वय गर्ने भएकाले उक्त शीर्षकमा बजेट निकासा नगरिएको मन्त्रालय जनाएको हो ।
यस्तै, आयोगले विद्युतीय मतदानका लागि एक करोड रुपैयाँ माग गरेको थियो ।
आयोगले मतपत्रबाटै निर्वाचन गराउन सात सय मेट्रिक टन कागज खरिद गर्न टेन्डर गरिसकेको छ ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया