अवैध १६ लाख जापानी येनसहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ फागुन १९ गते १८:१०
काठमाडौँ । अवैध रूपमा लुकाई बाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका ६ पालिचौर स्थायी ठेगाना भएका ४८ वर्षीय रेस्म राज भट्टराई रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट सिंगापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया