नदीमा डुबेर दुई बालकको मृत्यु
मेरोन्यूज
२०७८ फागुन १९ गते २१:०९
काठमाडौँ । नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ । आज दिउँँसो भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका उनीहरूको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका ७ विकासचोक घर भएका १० वर्षीय बिदान गौतम रहेका छन् । अर्का अन्दाजी ११–१२ वर्षीय बालकको परिचय खुल्न सकेको छैन ।
स्थानीयवासीले डुबेको अवस्थामा फेला पारेर उद्धार गरी भरतपुर अस्पताल ल्याएका थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । उनीहरु नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
सम्बन्धित
















सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया