ओलीले कम्बल ओढेर घ्यू खाएः गजुरेल
मेरोन्यूज
२०७८ फागुन २० गते १६:३५

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले एमसीसीको सवालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बल ओढेर घ्यू खाएको आरोप लगाएका छन् ।
६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज काठमाडौंको खुलामञ्चमा गरेको बिरोधसभामा बोल्दै गजुरेलले प्वाल परेको कम्बल ओढेर घ्यू खाँदा नेपाली जनताले देखेको बताए ।
‘फागुन १५ गते दिउँसोसम्म कम्बल ओढेर घ्यू खाइरहेका थिए ।’ ओलीप्रति संकेत गर्दै भने, ‘प्वाल परेको कम्बलबाट घ्यू खाएको जनताले देखे । बेलुका कम्बर फालेर नाङ्गै भए ।’
नेता गजुरेलले एमसीसी विरुद्ध आवाज उठाउने सबै राष्ट्रवादी शक्तिहरुलाई एकताका लागि आह्वान गरे ।
उनले सबै राष्ट्रवादी शक्तिहरुलाई बिद्रोह गरेर एमसीसीविरुद्धको आन्दोलनमा आउन अपिल गरे ।
सम्बन्धित
















उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया