सोमबार, पुष १४, २०८२

नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच यस्ताे सम्झौता

मेरोन्यूज २०७८ फागुन २० गते १९:१४

काठमाडौं । पोखरा विश्वविद्यालयका प्राध्यापक, शिक्षक कर्मचारी तथा विद्यार्थीलाई लक्षित गरी नेपाल बैंकले सम्झौता गरेको छ ।

नेपाल बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।

सम्झौताअनुसार, बैंकले बिश्वबिद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/ शिक्षक/कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गर्ने भएको छ ।

अब पोखरा विश्वविद्यालयका शिक्षक, विद्यार्थी सबैलाई एटीएम, मोबाइल बैंकिङ रजिष्टेशन निःशुल्क प्रदान गर्नुका साथै बैंकको लकर भाडामा २५ प्रतिशत छुट प्रदान गरिने तथा जुनसुकै कर्जा लिँदा सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

साथै बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क ट्रान्सफर गरिने, बिश्वबिद्यालयको आबश्यकता अनुसार बिश्बबिद्यालय परिसरमा एटीएम मेशिन तथा शाखा स्थापना गरि सेवा प्रदान गर्ने पनि बैंकल प्रतिवद्धता जनाएको छ ।
सम्झौतापत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा.दीपकबहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया