किशोरीलाई आत्मरक्षा तालिम
काठमाडौँ । नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीन दिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा ८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो ।
लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् । नगरपालिकाको सहयोगमा मण्डनदेउपुर नगरको द माउन्ट एभरेस्ट तेक्वान्दो डोजाङले सञ्चालन गरेको उक्त तालिम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले शुभारम्भ गरे ।
तालिममा कुनै पनि दुव्र्यवहारको प्रश्न उठाउन, तत्काल प्रतिवाद गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न, वा भौतिक रुपमा प्रतिकारसमेत गर्न सक्ने बनाउनेलगायत विषयमा जानकारी दिइने छ । यस्तै त्यस्ता घटनको कानूनी व्यवस्थाबारे पनि जानकारी दिइने छ ।
नगर प्रमुख तिमल्सिनाले तालिमले हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यस्तो तालिम अब निरन्तर रुपमा सञ्चालन गरिने जानकारी दिए । ‘महिलामैत्री र बालमैत्री नगर निर्माणका लागि आफूहरुले निर्वाचित भएदेखि नै निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ,’ उनले भने ।
नगर उपप्रमुख रामदेवी तामाङले किशोरी भएदेखि नै लैङ्गिक हिंसा सुरु हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
















बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
झापामा १५ महिलासहित ९० जना मैदानमा
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया