ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
मेरोन्यूज
२०७८ फागुन २१ गते १२:५३
काठमाडौँ । पूर्वपश्चिम राजमार्गको दमक ४ स्थित ताराबारी सडक खण्डमा भएको सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्र गतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो ।
ताराबारीस्थित पेट्रोल पम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सम्बन्धित
















बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
झापामा १५ महिलासहित ९० जना मैदानमा
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया