चितवन कांग्रेसको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा संस्थापन इतरका राजेश्वर खनाल सर्वसम्मत चयन भएका छन् । १४औँ जिल्ला अधिवेशनअन्तर्गत दोस्रो चरणको मतदान हुनुअघि नै खनाल सर्वसम्मत सभापति चयन भएका हुन् ।
दोस्रो चरणको मतदानमा खनाललाई सभापतिका अर्का उम्मेदवार उत्तम जोशी र सूर्यकान्त घिमिरेले समर्थन गर्ने निर्णय गरेका थिए । त्यसपछि बाँकी उम्मेदवार मिलनबाबु श्रेष्ठ र कैलाश कोइरालाले पनि सभापतिमा खनाललाई नै समर्थन गरेको जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गर्ने तयारी थियो । पहिलो चरणको मतदानमा राजेश्वर खनालले ७४६, मिलनबाबु श्रेष्ठले ६६२, उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए ।
मिलनबाबु श्रेष्ठ संस्थापन पक्ष अर्थात् कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् भने बाँकी चार उम्मेदवार संस्थापन इतरका हुन् ।
सभापतिमा खनाल सर्वसम्मत भएपछि बाँकी पदाधिकारी र सदस्यहरूको मतगणना केहीबेरमा सुरु हुने निर्वाचन समिति संयोजक अधिकारीले बताए ।
















मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
प्रतिक्रिया