शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतराः कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका थापाले एमसीसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरुले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरुकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एससीसी छिटो पास गर भनेर अमेरिकाले दवाव दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्न सक्ने देखिएको उल्लेख गरे ।
उनले विदेशी शक्ति राष्ट्रहरुले नेपालको स्वतन्त्र अस्तित्वमाथिनै प्रश्न उठनेगरी राजनीतिक दलहरुका नेताहरुलाई दवाव दिईरहेको दावी समेत गरे ।
त्यसले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको अध्यक्ष थापाको भनाई थियो ।
अध्यक्ष नेपालले विदेशी सहायता लिने÷नलिने निर्णय लिने काम नेपालकै भएपनि त्यसमाथि शक्ति राष्ट्रहरुले हस्तक्षेप गरिरहेको बताए ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया