आइतबार, पुष १३, २०८२

हवाई इन्धन वृद्धिसँगै जहाजको भाडा बढ्यो

मेरोन्यूज २०७८ फागुन २१ गते १८:३०

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै उडानको पनि भाडा बढाइएको छ ।

एयरलाइन्स अपरेटर्स एशोसियसन अफ नेपालले आइतबारदेखि लागू हुनेगरि आन्तरिक उडानको भाडादर बृद्धि गरेको हो । आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयाँदेखि बढीमा ५४० रुपैयासम्म भाडा बृद्धि गरिएको छ ।

नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको एशोसिएयसनले जनाएको छ ।

निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयाँमा खरीद गरी १३६ रुपैयाँ प्रति लिटरका दरले विक्री गर्दै आएको छ ।

प्रतिक्रिया