गण्डकी प्रदेशका मुख्यमन्त्री मधेस भ्रमणमा

जनकपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पहिलो पटक मधेस भ्रमणमा निस्किएका छन् ।
शनिबार जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुर पुगेका उनले मधेस प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको बताए ।
मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसहित १८ सदस्यीय टोली मधेस प्रदेशको भ्रमणमा आएका हुन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरुको खोजि गरेर अगाडि बढन आफूहरु तयार रहेको बताए ।
उनले संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेश बीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने आवश्यक्ता रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै प्रदेशबीच पर्यटकीय विकास गरेर यसबाट लाभ लिन सक्ने उल्लेख गरे ।
उनले मधेस प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको अधिक सम्भावना रहेको पनि बताए ।
त्यसैगरि मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेशबीचमा सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताए ।
जनकपुर विमान स्थलमा मुख्यमन्त्री पोखरेललाई मधेस प्रदेशका पर्यटनमन्त्री महतो, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।
यसअघिका गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि प्रदेश सरकारको विकासबारे बुझ्न भन्दै विभिन्न प्रदेशको भ्रमण गरेका थिए ।
अन्तरप्रदेशीय विमान सेवा सुरु
मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा शनिबारदेखि सुरु भएको छ ।
आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु गरिएको छ ।
नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन एक–एकपटक उडान हुने जानकारी दिए ।
















निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
झापामा १५ महिलासहित ९० जना मैदानमा
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया