बक्सिङका कीर्तिमानी खेलाडी सम्मानित

काठमाडौँ । दक्षिण एशियाली मुलुकको १३ औँ साफ खेलकुदमा बक्सिङमा नेपालको तर्फबाट सहभागी भएर पदक जित्न सफल खेलाडी तथा अफिसर्स टिमलाई कीर्तिपुरमा सम्मान गरिएको छ ।
मार्शल आर्ट अर्गनाइजेन नेपालको आयोजनामा शनिबार कीर्तिपुर ४ स्थित सिम क्षेत्रको ‘विथ लोकल्स’ नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्मान नगद पुरस्कारका साथै सम्मानपत्र हस्तान्तरण गरे ।
कीर्तिपुर ७ का कोच उमेश कटुवाललाई नगद पुरस्कार ५० हजार र सम्मानपत्रसहित सम्मान गरिएको छ । साफमा संवरण पदक विजेता मीना गुरूङ र भुपेन्द्र थापालाई नगद पुरस्कार ५–५ हजारसहित सम्मानपत्रसहित सम्मानित भएका छन् ।
रजत पदक विजेता खेलाडी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक विजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र म्यानेजर टिमका प्रेम फौजु र प्रमिला राई सम्मानित भएका छन् ।
मार्शल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जनको सभापतित्वमा भएको कार्यक्रमका संयोजक सुदीप महर्जन रहेका थिए ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया