बक्सिङका कीर्तिमानी खेलाडी सम्मानित

काठमाडौँ । दक्षिण एशियाली मुलुकको १३ औँ साफ खेलकुदमा बक्सिङमा नेपालको तर्फबाट सहभागी भएर पदक जित्न सफल खेलाडी तथा अफिसर्स टिमलाई कीर्तिपुरमा सम्मान गरिएको छ ।
मार्शल आर्ट अर्गनाइजेन नेपालको आयोजनामा शनिबार कीर्तिपुर ४ स्थित सिम क्षेत्रको ‘विथ लोकल्स’ नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्मान नगद पुरस्कारका साथै सम्मानपत्र हस्तान्तरण गरे ।
कीर्तिपुर ७ का कोच उमेश कटुवाललाई नगद पुरस्कार ५० हजार र सम्मानपत्रसहित सम्मान गरिएको छ । साफमा संवरण पदक विजेता मीना गुरूङ र भुपेन्द्र थापालाई नगद पुरस्कार ५–५ हजारसहित सम्मानपत्रसहित सम्मानित भएका छन् ।
रजत पदक विजेता खेलाडी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक विजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र म्यानेजर टिमका प्रेम फौजु र प्रमिला राई सम्मानित भएका छन् ।
मार्शल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जनको सभापतित्वमा भएको कार्यक्रमका संयोजक सुदीप महर्जन रहेका थिए ।









पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया