बुधबार, माघ ७, २०८२

कार्य व्यवस्था परामर्श समिति बैठकमा महाअभियोगबारे छलफल

मेरोन्यूज २०७८ फागुन २२ गते १२:१८
फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्य सूचीबारे छलफलका लागि बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार आजको कार्य व्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन गर्नेबारे दलका नेताबीच छलफल हुने भएको छ ।

समितिले महाअभियोग प्रस्तावमाथि छलफल गर्न आवश्यक छ भन्ने ठानेमा मात्र कार्य सूची तय हुने छ ।

प्रतिक्रिया