पत्रकारबीच पहिलो एफएनजे मिडिया कप फुटसल प्रतियोगिता हुने

काठमाडौं । ६७औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघले पत्रकारबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एकआपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको छ ।
साथै, यसले प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित हुने अन्य सयौं पत्रकारलाई पनि अन्तरक्रिया र संवादको अवसर दिने महासंघको विश्वास रहेको महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चैतको दोस्रो साता हुने फुटसल प्रतियोगितामा १५ भन्दा बढी टिमका १५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने महासंघले अपेक्षा गरेको छ । दुई दिनसम्म चल्ने मिडिया कप फुटसल प्रतियोगितामा सञ्चार गृह, महासंघको प्रदेश र जिल्ला शाखाको साथै एसोसियट संस्थाहरूलाई सहभागिता जनाउन महासंघले अपिल गरेको छ । महासंघको स्थापना दिवस १६ चैतमा पर्छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया